बैशाख १३ - पर्वत, - पर्वतको रतिखोलामा नुहाउने क्रममा एकै घरकी देउरानी जेठानीको मृत्यु भएको छ । उक्त खोलामा स्थानीय चित्रे ६ का एकै परिवारका दुईजना महिलाको मृत्यु भएको हो ।
बिहिबार घरबाट गाई बस्तु चराउनका लागि खोलाको बगर तिर गएको बेला उनीहरु नुहाउन रतिखोलाको भंगालेमा पसेका २० बर्षिय शर्मिला बिक र ३० बर्षिय समिता बिकको मृत्यु भएको हो । मृत्यु भएका मध्ये शर्मिला कान्छी बुहारी हुन् भने समिता माइली बुहारी हुन् ।
डुबेर मृत्यु भएका दुबै जनाको शब पोष्टमार्टमका लागी पर्वत जिल्ला अस्पतालमा ल्याइएको डिमुवा प्रहरी चौकीले बताएको छ । समिताका श्रीमान् दिपेन्द्र विक बैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा रहेका छन् भने शर्मिलाका श्रीमान विक्रम विक घरमै डकर्मी काम गर्दै आएका छन् ।
उनीहरुको साथमा पुगेका ९ बर्षिय बालकले घरपरिवारलाई खबर गरेपछि घटनाबारे जानकारी भएको थियो । प्रहरीका अनुसार उनीहरु पौडी खेल्नकै लागि भनेर नदी किनारमा पुगेको र चिप्लिएर गहिरो खोचमा पुगेपछि मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
पर्वतको रतिखोलामा नुहाउदै गर्दा देउरानी जेठानीको दुखद मृत्यु
Written By Unknown on Friday, April 25, 2014 | 8:47 PM
Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
0 comments:
Speak up your mind
Tell us what you're thinking... !