श्रावण २ - काठमाडौं, मलेसियाको विमानलाई युक्रेनमा आक्रमण गरी खसालिंदा विमानमा सवार चालक दलका सदस्य सहित सबै २ सय ९८ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्सको एम्स्टरडमबाट मलेसियाको क्वालालम्पुरतर्फ आइरहेको ‘एमएच १७’ को ‘बोइङ ७७७’ मा १५ जना चालक दलका सदस्यसहित नेदरल्याण्ड्सका कम्तीमा १ सय ५४, २७ अष्ट्रेलियाका, ४३ मलेसियाका, १२ इन्डोनेसियाका र ९ बेलायतका नागरिक रहेको मलेसिया एअरलाइन्सले जानकारी दिएको छ ।
अन्य ४१ यात्रु कुन देशका थिए भन्ने खुलिनसकेको जनाइएको छ ।
विमान युक्रेनको द्धन्द्धग्रस्त क्षेत्र डोनेस्क नजिक खसालिएको हो । आकाशबाट जल्दै खसेको विमानमा सवार सबैको मृत्यु भएको रुसको इन्टर फ्याक्स समाचार समितिले जनाएको छ । रुस समर्थक पृथकतावादीले क्षेप्यास्त्र प्रहार गरी सो विमान खसालेको जनाइएको छ ।
युक्रेनी गृह मन्त्रालयका सल्लाहकार एन्टन गरासेन्कोले पृथकतावादीहरुले ३३ हजार फिट उचाइमा उडिरहेको बेला क्षेप्यास्त्र प्रहार गरेर विमान खसाएको बताए । यसको स्वतन्त्र रुपले पुष्टि भने हुन सकेको छैन ।
यता, मेलेसियाका प्रधानमन्त्री नजिब रज्जाकले यो वर्षलाई दुःखदायी वर्षको संज्ञा दिंदै मुलुक गहिरो शोकमा परेको जनाएका छन् । घटनाको जाँच पड्तालमा कुनै अवरोध नगरी सत्यतथ्य बाहिर ल्याउन पनि प्रधानमन्त्री रज्जाकले माग गरेका छन् ।

चार महिनाअघि पनि क्वालालम्पुरबाट बेइजिङतर्फ उडेको २ सय ३९ जना रहेको सोही एअरलाइन्सको विमान वेपत्ता भएको थियो । 'एजेन्सी'
0 comments:
Speak up your mind
Tell us what you're thinking... !