पीएमओ इण्डियाको ट्वीटर हृयाण्डललाई लिएर भारतीय राजनीतिमा नयाँ विवाद सुरु भएको छ । तर, लखनउका एक १९ वर्षे छात्रले यसलाई अनजानमा हात पारेका छन् र आधा घन्टाका लागि बने ‘भारतको प्रधानमन्त्री’ बनेका छन् ।
कैसर अलीलाई थाहा छैन कि कसरी भयो । उनी मात्र आफ्नो ट्वीटर हृयाण्डललाई एक राम्रो नाम दिन चाहन्थे । उनले भनेका छन्-मैले पीएओ इण्डिया एकाउन्ट छ कि छैन भनेर हेर्दा मैले पाएँ र मैले यसलाई सुरक्षित गरेँ ।’ जानकारहरुका अनुसार पीएमओ इण्डियाको आधिकारीक एकाउन्ट आर्काइवमा परिर्वतन गरेकै समयमा उनले आफ्नो नाम परिर्वतन गरेको हुनसक्छ ।
तर, उनलाई यो थाहा थिएन कि उनी हृयाण्डल विवादमा फसे । भारतका पूर्व प्रधानमनत्री मनमोहन सिंह र नयाँ बन्दै गरेका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ट्वीटर ल्याण्डललाई लिएर विवाद चलिरहेको छ ।
मनमोहन सिंहले पीएमओ इण्डिया ट्वीटर एकाउन्ट शुरु गरेका थिए । जसका १० लाख फलोअर छन् । थर, उनले राजीनामा दिएसँगै उनको टिमले एकाउन्ट नयाँ प्रधानमन्त्रीलाई छाड्नुको सट्टा सुरक्षित गरे । पीएमओ एण्डियाको एकाउन्टलाई पीएमओ आर्काइवमा परिर्वतन गरे । यससँगै लाखौं फलोअर नयाँ एकाउन्टमा गए ।
मनोनीत भइसकेका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले यसको आलोचना गर्दै प्रधानमन्त्रीको ट्वीटर एकाउन्ट राष्ट्रिय सम्पत्ति भएको बताए ।
कैसरी अलीसँग यो एकाउन्ट धेरै बेर भने रहेन । उनले आधा घण्टामा नै आफ्नो एकाउन्ट पुरानै नाममा परिर्वतान गरे । उनले भनेका छन्-’म छक्क परेको थिएँ । सम्मानित पनि महसुस गरेँ । तर, केही डराएको थिएँ । म १९ वर्षको युवक हुँ र यो सरकारी मामिला हो । जब परिवारका सदस्यलाई थाहा भयो उनीहरुले गाली गरे र भारतका नागरिकसँग माफी माग्न भने ।’
लगतै उनले पीएमओ इण्डिया ट्वीटर एकाउन्ट लिएकोमा माफी मागेका छन् ।
पूर्व प्रधानमन्त्री मनमोहन सिंहका प्रेस सल्लाहकार पंकज पचौरीले पीएमओ इण्डिया ट्वीटर एकाउन्ट नयाँ प्रधानमन्त्रीलाई दिइने बताए ।
Home »
international
» १९ वर्षे युवक आधा घन्टाका लागि बने ‘भारतको प्रधानमन्त्री’
१९ वर्षे युवक आधा घन्टाका लागि बने ‘भारतको प्रधानमन्त्री’
Written By Unknown on Sunday, June 1, 2014 | 3:59 AM
Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
Labels:
international
0 comments:
Speak up your mind
Tell us what you're thinking... !