News, Education, Information: crime news
Headlines News :
Powered by Blogger.

Latest Post

Showing posts with label crime news. Show all posts
Showing posts with label crime news. Show all posts

मलेसियन विमान ‘खसालिदा चालक दल सहित २ सय ९८ जनाको मृत्यु (फोटोफिचरसहित)

Written By Unknown on Thursday, July 17, 2014 | 8:29 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
श्रावण २ - काठमाडौं, मलेसियाको विमानलाई युक्रेनमा आक्रमण गरी खसालिंदा विमानमा सवार चालक दलका  सदस्य सहित सबै २ सय ९८ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्सको एम्स्टरडमबाट मलेसियाको क्वालालम्पुरतर्फ आइरहेको ‘एमएच १७’ को ‘बोइङ ७७७’ मा १५ जना चालक दलका सदस्यसहित नेदरल्याण्ड्सका कम्तीमा १ सय ५४, २७ अष्ट्रेलियाका, ४३ मलेसियाका, १२ इन्डोनेसियाका र ९ बेलायतका नागरिक रहेको मलेसिया एअरलाइन्सले जानकारी दिएको छ ।

अन्य ४१ यात्रु कुन देशका थिए भन्ने खुलिनसकेको जनाइएको छ ।

विमान युक्रेनको द्धन्द्धग्रस्त क्षेत्र डोनेस्क नजिक खसालिएको हो । आकाशबाट जल्दै खसेको विमानमा सवार सबैको मृत्यु भएको रुसको इन्टर फ्याक्स समाचार समितिले जनाएको छ । रुस समर्थक पृथकतावादीले क्षेप्यास्त्र प्रहार गरी सो विमान खसालेको जनाइएको छ ।

युक्रेनी गृह मन्त्रालयका सल्लाहकार एन्टन गरासेन्कोले पृथकतावादीहरुले ३३ हजार फिट उचाइमा उडिरहेको बेला क्षेप्यास्त्र प्रहार गरेर विमान खसाएको बताए । यसको स्वतन्त्र रुपले पुष्टि भने हुन सकेको छैन ।

यता, मेलेसियाका प्रधानमन्त्री नजिब रज्जाकले यो वर्षलाई दुःखदायी वर्षको संज्ञा दिंदै मुलुक गहिरो शोकमा परेको जनाएका छन् । घटनाको जाँच पड्तालमा कुनै अवरोध नगरी सत्यतथ्य बाहिर ल्याउन पनि प्रधानमन्त्री रज्जाकले माग गरेका छन् ।
चार महिनाअघि पनि क्वालालम्पुरबाट बेइजिङतर्फ उडेको २ सय ३९ जना रहेको सोही एअरलाइन्सको विमान वेपत्ता भएको थियो । 'एजेन्सी' 
http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/


यसरी प्रेममा फसछन नेपाली चेलीहरु साउदीमा,

Written By Unknown on Friday, April 25, 2014 | 9:11 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
 सुरुमा प्रया गाउबाट आएका नेपाली दिदी बहिनी हरुले २ वा ४ महिना भित्रमा मोबाएल किन्न सफल हुन्छन,उक्त कार्य गर्न उक्त घरमा कार्यरत ड्राइभर प्रयोग गर्छन,तत्पस्चात उक्त ड्राइभरले नै जुन देशको ब्यक्ती हो मोबाएल नम्बर बाहिर एक वा दुई हुँदै बिभिन्न ब्यक्तिको संपर्कमा पुग्छन,अनी फोनमा कुरा हुन थालछन सुरुमा दिदी वा बहिनिको साईनो लागाएर बोली दिए पछी नेपाली दिदी बहिनी हरुले पनि आफ्नै दाजुभाइ सम्झिन पुग्छन अनी बिस्तारै कुरा हुन थाल्छन् यसरी एक दिन दुई दिन गर्दै दिनहु कुरा हुने गरे पछी दिदि बहिनी र दाजुभाइको नाताले अर्को मोड लिन्छ र प्रेम प्रस्ताब् सम्म राख्न पुग्छन त्यस पछी दुबैले एक अर्का लाई हेर्ने दृष्‍टिकोन बदल्न थाल्छन् र प्रेमको रुपमा बदलिन्छन् उनिहरु अनी उक्त घरको मालिकलाई जबर जस्ती मेरो श्रीमान साउदीमै कार्यरत छन भेट्न दिनु भन्नु लागाउछन केटी हरुलाई अनी केटीले पनि संसारमा माया प्रेम भन्दा अर्को नयाँ कुरा नै के छर् भन्ने सोच्न पुग्छन र आफ्नो प्रेमिले जे गर भन्छ त्यही गर्दै जान्छ यदी उक्त घरको मालिकले स्विकार गरे ठिकै छ स्विकार नगरे अबैध बाटो रोज्न पुग्छन र उक्त घर बाट भाग्न लगाउने र भगाउने काम नेपाली केटा हरुबाटै हुने गरेको रहस्य खुलेकोछ,एक पीडित महिला भन्छिन,आफ्नो श्रीमान पनि मलेसिया गएको र ४ बर्ष सम्म खबर नआएकोले वाध्य भएर बिदेसिनु पर्‍यो यहाँ आए पछी एउटा केटाले दिनहु फोन गर्न थाले पछी हाम्रो माया प्रेम फोनमै बस्यो,तर उस्ले मलाई वास्तविक माया गरेको बहाना बनाइ म बाट ५ हजार साउदी रियल लिएर गयो,उस्लाई मैले मालिकलाई मेरो श्रीमान हो यहाँ घरमा आउछ भने पछी अनुमती दियो र आयो पनि उस्लाई मैले पैसा दिएको केही घण्टा बाटै उ परिवर्तन भयो,त्यो दिन भन्दा अगाडि दिनहु फोन गर्ने मान्छेले मैले फोन गर्दा रिसाउने झर्किने काममा व्यास्तछु भन्ने जस्ता बहना बनाए पछी बल्ल थाह भयो मलाई ठगले ठग्यो भनेर ति पिडितको भनाइ अनुसार उक्त केटाले अन्य दिदी बहिनी हरुलाई पनि यसरी नै ठगी गरेको हुन सक्ने आसंका ब्यक्त गर्छिन पिडितले हाम्रो संपर्कमा आए पछी सोध पुछ गर्दा खुलाएको वास्तविकता मा आधारित् घटना हो,जुन जुन पीडित महिलाले सहयोग गरिदिन आग्रह गर्दै फोन संपर्क गरे पछी नेपाली दुताबास रियाद मार्फत आफु झुट्तो माया प्रेममा ठग दलाली बाट ठगिएको हुनाले उपयुक्त कानुनी कारबाही गरी पाउ भनी निबेदन समेत् हाम्रो सगठन नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको सहयोगमा नेपाली दुताबास रियादमा पुर्याउदा दुताबसले साउदी अरबमा कारबाही गर्न कनुनी ब्यबधान रहेको जनाउदै बैदेसिक रोजगार बिभाग काठमाण्डौमा सिफारिस गरेका छन,पीडितले न्याय पाउने सम्भावना काम देखिन्छन,बैदेसिक रोजगार बिभागले ठग दलाल लाई कानुनी कारबाही गर्छन् या गर्दैनन हेर्न बाकिछ,यस्तै अर्को रमाइलो प्रसँग साउदी अरबमा प्राया कसैले पनि प्रत्यक्ष भेट घाट गरेर कुराकानी गर्न पाउदैनन पुरुष र महिलाहरु तर यहाँ मैले यस्तो पनि पाए फोन संपर्कमा माया प्रेम बसेको तर केटीले केटालाई छोड्न चाहदा केटाले मलाई संपर्क गरी सम्झाइ बुझाई गरी दिनुहुन आग्रह सम्म गरेको ताजा घटना हरुछन,सबै कुरा बुझ्दै जादा केटीको घरमा श्रीमान बाल्बच्चा रहेका छन भने केटा पनि बिबाहित् र छोरा छोरीको बाबु बनी सकेको पाइयको छ,अनी दुबैलाइ सम्झाउदा केटाले केटीलाई हद भन्दा हद माया गर्ने कुरा गर्छन् उनिहरुको मुखबाट सुन्दा साउदीमा फोनमा माया प्रेम बसे पछी धोका खादा पागल बनेर आफ्नै हात काटेर चिरा चिरा बनाइ माया प्रेम देखाएको तस्बिर पनी उपलब्ध भएकोछ,यहा मैले गरेको अध्ययनले के देखाउछ भने जुन सुकै ब्यक्तिहरुले जब समाज र आफन्तको डर राख्दैन आफ्नै इज्जतको ख्याल राख्दैन र अभिबाक्त्व बिहिन बन्छन तब उनिहरुले यो बाटो अपनाएको देखिएकोछ,कतीपयको बैबाहिक सम्बन्ध यही कारण तुटेको छ भने कतिपयले क्षेनिक मनोरन्जन मा भुल्दा आफ्नो इज्जत लुटाएर स्वदेश फर्केका छन भने कतिपयले आफ्नो बर्ष दिन सम्म परिश्रम गरेको कमाइ ठग दलालीको हातमा पुगेर बेखर्ची बनेकाछन,भबिस्यमा भारतको बाटो भएर अबैध रुपमा साउदी भित्रिय पनि यहाँ कानुनको दाँयारामा रहेर काम गर्न सिकुन नेपाली दिदी बहिने हरुले अन्जान र अपरिचित ब्यक्तिले पटक पटक फोन संपर्क गरे फोनमा कुरा नगरदै राम्रो हुनेछ,साउदी आउन अगाडि यहाँको बस्तु स्थितिको बारेमा बुझ्ने कोशीस गरुन,सके सम्म आफु नजिकको छिमिकी हरुको संपर्क नम्बर र नेपाली दुताबासको संपर्क नम्बर बोकेर आउदा अाइ पर्ने समस्या राख्न सजिलो हुनेछ,यो लेख पूर्ण रुपमा बिभिन्न समयमा मलाई फोन संपर्क गर्ने नेपाली दिदी बहिनी र केही नेपाली दाजुभाइ सँगको सम्बादको आधारमा तयार भएको हो
 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget