यदि स्वप्नामा वीर्य स्खलन भए के गर्ने ? - News, Education, Information
Headlines News :
Home » » यदि स्वप्नामा वीर्य स्खलन भए के गर्ने ?

यदि स्वप्नामा वीर्य स्खलन भए के गर्ने ?

Written By Unknown on Saturday, May 3, 2014 | 3:00 AM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/हामी सुतेपछी प्रायजसो सपना देख्छौं। सपना विशेष गरेर REM (Rapid Eye Movement) निद्राको स्थितिमा हुन्छ। सपना विभिन्न किसिमका हुन्छन् जस्तै रमाइलो साहसिक, डरलाग्दो, वा यौनसम्बन्धी। यस्तो REM को स्थितिमा यौनाङ्गमा रगत भरिन्छ र पुरुषमा लिङ्ग उत्तेजित अनि महिलामा पनि योनिश्राव हुन्छ। निदाएको बेलामा लिङ्ग उत्तेजित हुने वा यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। प्रायःजसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ। यहि क्रममा कतिपय व्यक्तिले यौन चरमसुख प्राप्त गर्छन्। यसरी निदाएका बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर स्वतः वीर्य स्खलन हुनुलाई नै बोलिचालीको भाषामा स्वप्नदोष

कतिपटक सम्मको सप्नदोष सामान्य हो भन्न सजिलो छैन, यो व्यक्ति-व्यक्ति अनुसार फरक पर्छ। यो पक्कै हो कि कसैमा धेरै हुन्छ भने कसैमा थोरै हुन्छ। किशोरावास्था वा युवावस्थामा यो तुलनात्मक रूपमा हुन्छ। अविवाहित १५ वर्षको किशोरमा ३ हप्तामा एकपटक हुने देखिएको छ। सालाखालाको कुरा गर्दा अध्ययनहरूले वर्षमा यस्तै ८ देखि १० पल्ट यौन सपना देखिन्छ भन्ने देखाएको छ। सपनामै भए पनि व्यक्तिको सामाजिक तथा नैतिक मूल्य मान्यतासँग अमेल भएको स्थितिमा अन्य सांकेतिक वस्तु वा क्रियाकलाप देखिन्छ। चेतनमनले यस्ता कुरालाई दबाउँछ। कतिपय स्थितिमा सपनामा यौनसम्पर्क राखिएका महिला वा पुरुष अपरिचित हुन्छन्। कतिपय किशोर वा युवकहरूले शिक्षिका, यौन सम्पर्क राख्न नमिल्ने परिवारका सदस्यसँग यौनसम्पर्क गरेको, खुला सार्वजनिक स्थानमा यौनसम्पर्क गरेको वा जनावरसँग यौनसम्पर्क गरेको सपना पनि देख्छन्। आफू विपरीत लिङ्गी भए पनि समलिङ्गी यौन सम्पर्क गरेको पनि देखिन्छ। यस्ता सपना रोमाञ्चक भए पनि सामाजिक मूल्य-मान्यतासँग मेल नखाएको स्थितिमा थप तनाव हुन्छ।

प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि रागरस (सेक्स हार्मोन) जसले यौन व्यग्रता तथा यौन तनाव एकातिर बढाउँछ भने अर्कातिर वीर्यको पनि उत्पादन हुन थाल्छ। यसले स्वाभाविक रूपमा वाहिर निस्कने बाटो खोज्छ। यौन चाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त पार्नु पनि स्वाभाविक हो। हस्तमैथुन वा यौन सम्पर्कवाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन सपना देख्छ। केटाको हकमा वीर्य स्खलन तथा यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्छ। भनिन्छ, यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै मिलाइदिएको यो एक स्वाभाविक कुरा हो। त्यसैले उपचारका लागि केही गर्नु आवश्यक छैन।

निद्रामै भए पनि वीर्य स्खलन भए पछि विहान उठेर तुरुन्तै सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ। वीर्य यौनाङ्ग क्षेत्रमा रहिरहे संक्रमण हुने जोखिम बढी हुन्छ। त्यसैले ब्यूँझिएपछि लिङ्ग, अण्डकोष तथा वरिपरिको क्षेत्र साबुन पानी धुनुपर्छ। तन्ना वा लगाएको लुगामा वीर्यको दाग लाग्ने अनि कसैले थाहा पाउला भन्ने विषयमा पनि निकै चिन्ता हुन्छ। अन्डरवेयर वा कट्टु लगाएर सुते त्यसलाई मात्र धुन तुलनात्मक रूपमा सजिलो हुन्छ।
भनिन्छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget