News, Education, Information
Headlines News :
Powered by Blogger.

Latest Post

यौन व्यवसायलाई निरुत्साहित पार्ने अभियानमा वादी समुदायका छोरी–बुहारी (भिडियोसहित)

Written By Unknown on Friday, July 25, 2014 | 9:31 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
काठमाडौं, श्रावण ९ । वादी परिवारका पुर्खाहरुले पहिलेका राजा, रजौटा र जमिन्दारहरु खुसी पार्न गर्ने गरेको नाचगान तथा यौनकर्मप्रति अहिलेको पुस्ता पश्चाताप मात्र गर्दैन, आफूहरु त्यो इतिहासबाट चिनिन चाहँदैनन् ।

उनीहरुलाई विगत निल्नु न ओकल्नु भएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

यी रोगबाट बच्न सकिन्छ नियमित सेक्स गरे

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya

मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर पछिल्लो पटक गरिएको शोधमा
नियमित यौन सम्पर्क गर्दा विभिन्न फाइदा हुने देखाएको  छ ।
 आउनुस् जानौं नियमित सेक्स गर्दा हुने फाइदा के के छन् ।

माइग्रेनबाट मुक्तिः


नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको  छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

ब्लड प्रेशरः
उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ ।  नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।
प्रोस्टेट क्यान्सरः नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

मोटोपनबाट मुक्तिः
मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ  छ ।

हृदयघातबाट कम खतराः

नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन का संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

रगतको खोलो बगेपछी गाउँले आत्तिए (फोटो फिचर)

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
 चीनको पूर्वी झेजियाङ प्रान्तस्थित वेन्झोउ शहरका बासिन्दा शुक्रबार विहान उठ्दा अचम्मित भए । किन भने उनीहरुको शहर छेउँमा बग्ने नदीको पानी रगतको खोलो जस्तो देखियो ।
कसैलाई पनि नदी त्यस्तो किन भयो भन्ने थाहा भएन । र उनीहरुलाई किन यस्तो भयो थाहा थिएन । स्थानीयबासीले विहान ४ बजे सम्म सामान्य रहेको नदीको पानी विहान ६ नबज्दै एकाएक रगत जस्तो देखिन थालेपछी उनीहरु आत्तिए ।

त्यहाँ बस्ने एक पाको उमेरका ब्यक्तिले आफूले जिन्दगीमा कहिल्यै पनि यस्तो नदेखेको बताए । सो क्षेत्रमा कुनै औद्योगिक संरचना पनि नभएका कारण कुनै औद्योगिक प्रदुषणले त्यस्तो भएको सम्भावना पनि छैन ।
पर्यावरणविदहरुले पानी परीक्षण गरेर के भएको हो छनविन गर्ने प्रक्रिया अघि बढाएका छन् ।

बेन्झोउ पहाडले घेरिएको शहर हो । यस अघि चीनको याङ्जी नदीमा पनि पानीको रंग बदलिएपछी मानिसहरु आत्तिएका थिए ।
तर अहिले भने नदीको पानी एकाएक रातो भएपछी प्रलय शुरु भएको भनेर सामाजिक सञ्जालमा जताततै हल्ला फैलाइएको छ ।

अमेरिकाले गर्यो भिसा नदिने घोषणा : डिभी परेर पनि सयौं नेपालीको अमेरिका आउने ढोका बन्द

Written By Unknown on Saturday, July 19, 2014 | 8:10 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://quick-answer.blogspot.comन्युयोर्क - जुलाई महिनाको भिसा बुलेटिनमा अमेरिकी सरकारले  ९ हजार ५ सयसम्म केस नम्बर हुने नेपाली DV लोटरी विजेताहरु मात्र अमेरिका आउन पाउने भन्दै अगस्त महिनाका लागि भिसा नम्बर तोकिदियो । त्यतीबेला धेरै DV विजेता नेपालीहरुले अगस्त महिनाको भिसा बुलेटिनमा अमेरिकी सरकारले सेप्टेम्बरका लागि भिसा नम्बर जारी गर्दा ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुनेहरुलाई पनि भिसा नम्बर उपलब्ध गराउने आशा गरेका थिए । तर अमेरिकाले सेप्टेम्बरका लागि पनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने DV लोटरी विजेता नेपालीहरुका लागि भिसा उपलब्ध नहुने भन्दै भिसा बुलेटिन जारी गरेपछि ९ हजार ५ सय भन्दा माथि DV लोटरीको केस नम्बर हुने DV विजेता नेपालीहरुको अमेरिका आउने ढोका पूर्ण रुपमा बन्द भएको छ ।
 अब उनीहरुको DVमार्फत अमेरिका आउने आशा पूर्णरुपमा मृत भएको छ । ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने DV लोटरी विजेताहरु ६ सयको हाराहारीमा रहेका छन् । तर एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र DV लोटरी विजेताहरु अमेरिका आउन पाउने भएकाले गतवर्ष DV लोटरी पार्न सफल ६ हजार ८२ जनामध्ये कम्तीमा २५ सय नेपालीहरु अमेरिका आउन भने नपाउने निश्चित छ । गत मे महिनामा सन् २०१५ को DV लोटरी पार्न सफल ४ हजार ९ सय ९१ नेपालीहरु मध्ये पनि कम्तीमा १४ सय नेपालीहरु अमेरिका आउन नपाउने निश्चित छ । चालु आर्थिक वर्षका लागि ६ हजार ८२ जना नेपालीहरुलाई अमेरिकाको डिभी लोटरी परेको थियो । DV लोटरीको परिणाम आउँदा नै थाहा थियो, DV लोटरी परेका सबैजना अमेरिका आउन पाउनेछैनन् ।

किनभने अमेरिकाले DV लोटरीबाट एक देशबाट हरेकवर्ष ३५ सयको हाराहारीमा मात्र विजेताहरुलाई भिसा दिने गरेको छ । किनभने DV लोटरीको नियममा नै अमेरिकाले कुल संख्या झण्डै ५० हजारको ७ प्रतिशतको हाराहारीमा मात्र एउटा देशका लागि डाइभर्सिटी DV नम्बर दिने स्पष्ट पारेको छ । जस अनुशार अहिलेसम्म कुनै पनि देशले ३५ सयदेखि ३८ भन्दामाथि डाइभर्सिटी भिसा पाएको रेकर्ड छैन । त्यसैले नेपालले पनि ३५ सयको हाराहारीमा भन्दा बढी संख्यामा डाइभर्सिटी भिसा नपाउने निश्चित थियो । जस अनुशार कम्तीमा २५ सय नेपालीहरु अमेरिका आउन नपाउने निश्चित थियो । तर पनि नेपालीहरुले अमेरिका आउन पाउने आशाको त्यान्द्रो भने छाडेका थिएनन् ।
       यसैबीचमा गत महिना जुलाई महिनाको भिसा बुलेटिन जारी गर्दै अमेरिकाले ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुले अमेरिकाको भिसा नपाउने स्पष्ट पारिदियो । अगस्त महिनाको लागि भिसा नम्बर जारी गर्दै अमेरिकाले डिभी लोटरी विजेता नेपालीहरुमाथि सिमाबन्दी तोकिदिएपनि  ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने झण्डै ६ सय डिभी लोटरी नेपाली विजेताहरुले झिनो आशा भने मरेको थिएन । किनभने अगस्त महिनामा जारी हुने भिसा बुलेटिनमा सेप्टेम्बर महिनाको लागि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुनेका लागि पनि अमेरिकाले भिसा नम्बर उपलब्ध गराइदिने झिनो आशा बाँकी थियो । तर अमेरिकाले मंगलबार भिसा बुलेटिन जारी गर्दै सेप्टेम्बर महिनाको लागि पनि ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुलाई अमेरिकाको भिसा नदिने स्पष्ट पारेपछि अमेरिका आउने आशा गरेर बसेका ९ हजार ५ सय भन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुको अन्तिम आशा पनि मरेको छ । DV मार्फत अमेरिका आउन पाउने उनीहरुको ढोका मंगलबारदेखि पूर्णरुपमा बन्द भएको छ । अमेरिकाले भिसा बुलेटिनमार्फत ९ हजार ५ सयभन्दा माथि केस नम्बर हुने डिभी लोटरी नेपाली विजेताहरुलाई DV नदिने घोषणा गरेपछि पढाई छोडेर, जागिर छोडेर र सम्पत्ति बेचेर अमेरिका आउने आशामा बसेका सयौं नेपालीको विचल्ली भएको छ ।

मलेसियन विमान ‘खसालिदा चालक दल सहित २ सय ९८ जनाको मृत्यु (फोटोफिचरसहित)

Written By Unknown on Thursday, July 17, 2014 | 8:29 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
श्रावण २ - काठमाडौं, मलेसियाको विमानलाई युक्रेनमा आक्रमण गरी खसालिंदा विमानमा सवार चालक दलका  सदस्य सहित सबै २ सय ९८ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्सको एम्स्टरडमबाट मलेसियाको क्वालालम्पुरतर्फ आइरहेको ‘एमएच १७’ को ‘बोइङ ७७७’ मा १५ जना चालक दलका सदस्यसहित नेदरल्याण्ड्सका कम्तीमा १ सय ५४, २७ अष्ट्रेलियाका, ४३ मलेसियाका, १२ इन्डोनेसियाका र ९ बेलायतका नागरिक रहेको मलेसिया एअरलाइन्सले जानकारी दिएको छ ।

अन्य ४१ यात्रु कुन देशका थिए भन्ने खुलिनसकेको जनाइएको छ ।

विमान युक्रेनको द्धन्द्धग्रस्त क्षेत्र डोनेस्क नजिक खसालिएको हो । आकाशबाट जल्दै खसेको विमानमा सवार सबैको मृत्यु भएको रुसको इन्टर फ्याक्स समाचार समितिले जनाएको छ । रुस समर्थक पृथकतावादीले क्षेप्यास्त्र प्रहार गरी सो विमान खसालेको जनाइएको छ ।

युक्रेनी गृह मन्त्रालयका सल्लाहकार एन्टन गरासेन्कोले पृथकतावादीहरुले ३३ हजार फिट उचाइमा उडिरहेको बेला क्षेप्यास्त्र प्रहार गरेर विमान खसाएको बताए । यसको स्वतन्त्र रुपले पुष्टि भने हुन सकेको छैन ।

यता, मेलेसियाका प्रधानमन्त्री नजिब रज्जाकले यो वर्षलाई दुःखदायी वर्षको संज्ञा दिंदै मुलुक गहिरो शोकमा परेको जनाएका छन् । घटनाको जाँच पड्तालमा कुनै अवरोध नगरी सत्यतथ्य बाहिर ल्याउन पनि प्रधानमन्त्री रज्जाकले माग गरेका छन् ।
चार महिनाअघि पनि क्वालालम्पुरबाट बेइजिङतर्फ उडेको २ सय ३९ जना रहेको सोही एअरलाइन्सको विमान वेपत्ता भएको थियो । 'एजेन्सी' 
http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/


ठूला स्तनको कृतिमान !

Written By Unknown on Monday, June 2, 2014 | 10:41 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
अमेरिकी टेलिभिजन स्टार लसी विल्डले अनौठो सोख पालेकी छन् । आफ्ना स्तनलाई भीमकाय बनाएर कीर्तिमान राख्ने योजनामा उनी छन् । यस क्रममा उनले चिकित्सकको चेतावनीलाई समेत उपेक्षा गर्दै आएकी छन् ।
उनलाई आफ्ना भीमकाय स्तनले दैनिक जीवनमा निकै कठिनाई भइरहेको छ । भर्याङ चढ्न, मोटर चलाउन स्तनले निकै कठिन हुने गरेको उनी स्वीकार्छिन् । २१ पाउन्ड वजनका दुई स्तन थेग्न उनको शरीरलाई कम सकस परेको छैन ।
६ सन्तानकी ४५ वर्षीया यी आमाले सार्वजनिक स्थानमा आफ्ना सन्तानले सँगै हिड्न छोड्दा समेत स्तनको साइज बढाउने मोह त्यागेकी छैनन् । ठूला स्तन भएकै कारण मानिसहरुले बाटो हिड्दा टोलाएर हेर्ने गरेपछि उनीसँग उनका सन्तान हिड्न छोडेका हुन् ।
पटक पटक शल्यक्रिया गरी स्तनको साइज बढाउँदै आएकी उनले यसका लागि अढाइ लाख डलर खर्च गरिसकेकी छन् । चिकित्सकहरुले अझ शल्य क्रिया गर्ने हो भने छाती बिग्रने चेतावनी दिए पनि उनले त्यसको परवाह गरेकी छैनन् । उनी भन्छिन्, ‘म आफ्नो रहर पुरा गरेरै छोड्छु ।’
एजेन्सीको सहयोगमा

गृहकार्यमा पनि सेक्स, विद्यालयमै सेक्स क्लास !

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कुल छ जहाँ विद्यार्थीहरुलाई ब्यबहारिक रुपमै सेक्स गर्न सिकाइन्छ । बिगत केही बर्षदेखी चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो । स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सेक्स सिकाइने दावी गरिएको छ ।

समाचारका अनुसार उक्त विद्यालयमा गृहकार्य समेत सेक्स नै हुन्छ । यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो । युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन ।

एउटै होस्टेलमा, अझ भनौं एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो । अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।
-एजेन्सी
 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget