मलेसियन विमान ‘खसालिदा चालक दल सहित २ सय ९८ जनाको मृत्यु (फोटोफिचरसहित) - News, Education, Information
Headlines News :
Home » » मलेसियन विमान ‘खसालिदा चालक दल सहित २ सय ९८ जनाको मृत्यु (फोटोफिचरसहित)

मलेसियन विमान ‘खसालिदा चालक दल सहित २ सय ९८ जनाको मृत्यु (फोटोफिचरसहित)

Written By Unknown on Thursday, July 17, 2014 | 8:29 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
श्रावण २ - काठमाडौं, मलेसियाको विमानलाई युक्रेनमा आक्रमण गरी खसालिंदा विमानमा सवार चालक दलका  सदस्य सहित सबै २ सय ९८ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्सको एम्स्टरडमबाट मलेसियाको क्वालालम्पुरतर्फ आइरहेको ‘एमएच १७’ को ‘बोइङ ७७७’ मा १५ जना चालक दलका सदस्यसहित नेदरल्याण्ड्सका कम्तीमा १ सय ५४, २७ अष्ट्रेलियाका, ४३ मलेसियाका, १२ इन्डोनेसियाका र ९ बेलायतका नागरिक रहेको मलेसिया एअरलाइन्सले जानकारी दिएको छ ।

अन्य ४१ यात्रु कुन देशका थिए भन्ने खुलिनसकेको जनाइएको छ ।

विमान युक्रेनको द्धन्द्धग्रस्त क्षेत्र डोनेस्क नजिक खसालिएको हो । आकाशबाट जल्दै खसेको विमानमा सवार सबैको मृत्यु भएको रुसको इन्टर फ्याक्स समाचार समितिले जनाएको छ । रुस समर्थक पृथकतावादीले क्षेप्यास्त्र प्रहार गरी सो विमान खसालेको जनाइएको छ ।

युक्रेनी गृह मन्त्रालयका सल्लाहकार एन्टन गरासेन्कोले पृथकतावादीहरुले ३३ हजार फिट उचाइमा उडिरहेको बेला क्षेप्यास्त्र प्रहार गरेर विमान खसाएको बताए । यसको स्वतन्त्र रुपले पुष्टि भने हुन सकेको छैन ।

यता, मेलेसियाका प्रधानमन्त्री नजिब रज्जाकले यो वर्षलाई दुःखदायी वर्षको संज्ञा दिंदै मुलुक गहिरो शोकमा परेको जनाएका छन् । घटनाको जाँच पड्तालमा कुनै अवरोध नगरी सत्यतथ्य बाहिर ल्याउन पनि प्रधानमन्त्री रज्जाकले माग गरेका छन् ।
चार महिनाअघि पनि क्वालालम्पुरबाट बेइजिङतर्फ उडेको २ सय ३९ जना रहेको सोही एअरलाइन्सको विमान वेपत्ता भएको थियो । 'एजेन्सी' 
http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/

http://headline-education.blogspot.com/


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget