कसैलाई पनि नदी त्यस्तो किन भयो भन्ने थाहा भएन । र उनीहरुलाई किन यस्तो भयो थाहा थिएन । स्थानीयबासीले विहान ४ बजे सम्म सामान्य रहेको नदीको पानी विहान ६ नबज्दै एकाएक रगत जस्तो देखिन थालेपछी उनीहरु आत्तिए ।
त्यहाँ बस्ने एक पाको उमेरका ब्यक्तिले आफूले जिन्दगीमा कहिल्यै पनि यस्तो नदेखेको बताए । सो क्षेत्रमा कुनै औद्योगिक संरचना पनि नभएका कारण कुनै औद्योगिक प्रदुषणले त्यस्तो भएको सम्भावना पनि छैन ।
पर्यावरणविदहरुले पानी परीक्षण गरेर के भएको हो छनविन गर्ने प्रक्रिया अघि बढाएका छन् ।
बेन्झोउ पहाडले घेरिएको शहर हो । यस अघि चीनको याङ्जी नदीमा पनि पानीको रंग बदलिएपछी मानिसहरु आत्तिएका थिए ।
तर अहिले भने नदीको पानी एकाएक रातो भएपछी प्रलय शुरु भएको भनेर सामाजिक सञ्जालमा जताततै हल्ला फैलाइएको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !