News, Education, Information: sex education
Headlines News :
Powered by Blogger.

Latest Post

Showing posts with label sex education. Show all posts
Showing posts with label sex education. Show all posts

गृहकार्यमा पनि सेक्स, विद्यालयमै सेक्स क्लास !

Written By Unknown on Monday, June 2, 2014 | 10:39 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कुल छ जहाँ विद्यार्थीहरुलाई ब्यबहारिक रुपमै सेक्स गर्न सिकाइन्छ । बिगत केही बर्षदेखी चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो । स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सेक्स सिकाइने दावी गरिएको छ ।

समाचारका अनुसार उक्त विद्यालयमा गृहकार्य समेत सेक्स नै हुन्छ । यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो । युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन ।

एउटै होस्टेलमा, अझ भनौं एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो । अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।
-एजेन्सी

समलिङ्गी सेक्सको नालीबेली

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
पुरुषले पुरुषलाई र महिलाले महिलालाई मन पराएर सेक्स पार्टनरका रूपमा चयन गर्ने चलनलाई सम वा तेस्रोलिंगी भनेर बुझ्ने गरिएको छ। पछिल्लो समयमा समलिंगी/तेस्रोलिंगीलाई एलजिबिटी-लेस्बियन महिला समलिंगी, गे-पुरुष समलिंगी, बाइसेक्सुअल-उभयलिंगी सम्बन्ध, ट्रान्सजेन्डर-बहुलिंगी सम्बन्ध भनिन थालिएको छ।
केही वर्षअघि दिल्लीको हाइकोर्टले भनेको थियो, ‘दुई पुरुष वा दुई महिला यदि आपसी सहमतिमा बन्द कोठाभित्र यौन सम्बन्ध राख्छन् भने त्यसलाई अपराध मान्नुहुँदैन।’ कोर्टले फैसला गर्दै समलिंगी/तेस्रोलिंगी सेक्ससम्बन्धी कानुन पविर्तन गर्न आदेश दिएको थियो। तर कोर्टको यो फैसलालाई चुनौती दिँदै दिल्ली कमिसन फर प्रोटेक्सन अफ चाइल्ड राइट्सले भन्यो, ‘समलैंगिक सम्बन्ध राख्नु प्रकृतिको खिलाफ छ र यसलाई अपराधको संज्ञा दिनुपर्छ।’
यही दुई आदेश र चुनौतीबीचको टकरावले अहिले समलिंगी सेक्सको बहसले भारतमा चर्को विवाद सिर्जना गरेको छ। विवाद जारी छ। यसैबीच सुप्रिम कोर्टमा चलेको बहसमा कोर्टले अर्को एउटा प्रश्न गर्‍यो, ‘अप्राकृतिक सेक्सको परिभाषा के हो? र, कसले यसको परिभाषा तय गर्छ? समलिंगी सेक्स स्वाभाविक हो या प्रकृतिको विरुद्ध?
यिनै फैसला र वादविवादले भारतमा एउटा नयाँ बहसको सुरुआत गरेको छ। अप्राकृतिक सेक्सको परिभाषा र दायरालाई लिएर सर्वोच्च अदालतमा चलिरहेको बहसबारे भारत सरकारले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न सकेको छैन। यद्यपि भारतीय सरकार पनि एउटा वक्तव्यले गर्दा यो विवादमा फसिसकेको छ। अदालतमा बहस चलिरहँदा अतिरिक्त सलिसिटर पिपी मल्होत्राले सरकारका तर्फबाट भनेका थिए, ‘विदेशीको देखासिकी गर्दै समलैंगिकतालाई कानुनी मान्यता दिनुहुँदैन, समलैंगिक सेक्स पूर्णता अप्राकृतिक सेक्स हो।’
मल्होत्राको यही बयानबाजी पछि यो विवादमा भारतीय सरकार पनि मुछियो। यद्यपि चौतर्फी विरोध हुन थालेपछि पिपी मल्होत्राको भनाइ आधिकारिक नभएको भन्दै सरकार आफ्नो बचाउमा जुटेको छ। हाइकोर्टको फैसलालाई लिएर भारतको विभिन्न ठाँउमा असन्तोष फैलिएको छ, जब कि समलैंगिक अधिकारका लागि संघर्षरत संस्थाहरूले यसलाई आफ्नो विजयको रूपमा लिएका छन्।
समलिंगी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र वा बाहिर कानुनतः सेक्स वा आफूखुशी विवाह गर्न पाउने कानुन नेपालमा पनि छैन। नेपालको कानुन र समाजले समलिंगी सेक्सलाई अप्राकृतिक नभनेे पनि यसलाई सहज स्वीकार गरेको अवस्था छैन।
नेपाल र भारतबीच समलिंगीसम्बन्धी कानुन र व्यवहारमा अलि फरक छ। नेपालमा पनि थुप्रै कानुनी तथा व्यावहारिक जटिलता छन्, तर भारत वा दक्षिण एसियामा समलिंगी समुदायको समस्या झन् जटिल र दयनीय छ।
प्रचलित संविधानमा समानताको हक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकविरुद्ध रहेकाले समानताको हक माग गर्दै नीलहिरा समाजका कार्यकारी निर्देशक सुनिलबाबु पन्त लगायतका पहिचानमा आधारित अल्पसंख्यक व्यक्तिहरूले प्रतिनिधित्व गर्ने संस्थाका तर्फबाट चार जनाले सर्वोच्च अदालतमा रिट हालेका थिए। रिटको सुनुवाई गर्दै समलिंगी समुदायको पक्षमा २१ डिसेम्बर २००७ मा सर्वोच्चले सरकारलाई एउटा आदेश दिएको थियो। आदेशमा भनिएको थियो, ‘विभेदविरुद्धको कानुनलाई सकारात्मक बनाऊ र समलिंगी विवादबारे अध्ययन गरी प्रतिवेदन बुझाऊ।’
सर्वोच्चको आदेशअनुरूप सरकाले सुनिलबाबु पन्तको संयोजकत्वमा सात सदस्यीय लैंगिक तथा अल्पसंख्यक अधिकार पहिचानका लागि समिति गठन गरेको थियो। गठन भएको झन्डै पाँच वर्ष भइसक्दा पनि अध्ययन समितिले सरकारलाई प्रतिवेदन बुझाउन सकेको छैन। सर्वोच्चको उक्त आदेशलाई समलिंगी समुदायले ऐतिहासिक विजयका रूपमा लिएका थिए। ‘सर्वोच्चको आदेशपछि हामीलाई काम गर्न धेरै सजिलो भयो,’ नीलहिरा समाजका सचिव रोशन महतोले भने।
भारतमा समलिंगी सेक्सलाई अप्राकृतिक भनिए जसरी नेपालमा सरकारीस्तरबाट त्यस्तो आरोप खेप्न नपरे पनि दैनिक जीवनयापनका क्रममा अन्यबाट गरिने व्यवहारमा चुनौती भने कम छैन। नीलहिरा समाजका सचिव रोशन महतोले बासका लागि काठमाडौँको लाजिम्पाटमा कोठा खोज्दा पाएनन्। ‘समलिंगी भएकै कारण मैले भाडामा कोठा पाइनँ,’ उनले भने। समलिंगी पहिचानलाई समाजले स्वीकार गरिनसकेकोले राजधानीमा अरूभन्दा आफूहरूलाई बासको समस्या हुने गरेको उनको भनाइ थियो।
समलिंगी सेक्सलाई लिएर प्रहरी छापा र केरकार पनि कम्ती छैन। ‘होटेलमा सेक्सको उद्देश्यले नजाँदा पनि प्रहरीको केरकार सहनुपर्ने अवस्था छ,’ महतोले भने, ‘समलिंगी सेक्सका लागि सुरक्षित ठाँउ नै भएन।’ सामान्य महिला पुरुषभन्दा समलिंगीमा सेक्स चाहना बढी हुने गरेको उनको अनुभव छ। ‘सेक्स चाहना अत्यधिक भए पनि अन्य महिला/पुरुष जतिको सेक्स आनन्द लिन हामीलाई सहज छैन,’ महतोले भने। शारीरीक बनावट र सेक्सुअल चाहना फरक भएर समाजले समलिंगी सेक्सलाई पचाइनसकेकाले पनि समस्या उत्पन्न भएको हो।
third sex3
पुरुषले पुरुषलाई र महिलाले महिलालाई मन पराएर सेक्स पार्टनरका रूपमा चयन गर्ने चलनलाई सम वा तेस्रोलिंगी भनेर बुझ्ने गरिएको छ। पछिल्लो समयमा समलिंगी/तेस्रोलिंगीलाई एलजिबिटी-लेस्बियन महिला समलिंगी, गे-पुरुष समलिंगी, बाइसेक्सुअल-उभयलिंगी सम्बन्ध, ट्रान्सजेन्डर-बहुलिंगी सम्बन्ध भनिन थालिएको छ। यौन सम्बन्धका लागि परस्पर आकर्षित हुने एउटै लिंगका व्यक्तिलाई समलिंगी भनिन्छ। यीमध्ये पुरुषप्रति आकर्षित हुने पुरुषलाई पुरुष समलिंगी अर्थात् ‘गे’ र महिलाप्रति आकर्षित हुने महिलालाई महिला समलिंगी अर्थात् ‘लेस्बियन’ भन्ने गरिन्छ। पुरुष समलिंगीहरूको संस्था ‘नीलहिरा समाज’ले नेपालमा पुरुष समलिंगीहरूको संख्या करिब ७० हजार रहेको बताएको छ। तर, महिला समलिंगीहरूको यकिन तथ्यांक कसैसँग छैन।
राजधानीमा पहिलोपटक पत्रकार सम्मेलन गरेर मितिनी नेपालले उपत्यकाका १२ सय महिला समलिंगी आफ्नो सम्पर्कमा आएको जानकारी दिएको थियो। जसमा सरकारी-गैरसरकारी सेवा, शिक्षा, खेलकुद, फिल्म, संगीत, साहित्य आदि धेरै क्षेत्रका महिला रहेको मितिनी नेपालको दाबी थियो। खासमा सबै खुलेर आउनै चाहँदैनन्। किनभने आफू समलिंगी भएको कुरा खोलेपछि उनीहरूले घर-परिवार र समाजको अपहेलना सहनुपर्ने हुन्छ। उसो त सरकारी वा गैरसरकारी कार्यालयमा समलिंगी महिलालाई कारबाही गरिँदा कहिलेकाहीँ ‘नैतिक चरित्र ठीक नभएको’ भन्ने आरोप लगाउने गरिएको उदाहरण पनि भेटिएका छन्।
नेपालमा पहिलोपटक समलिंगी विवाह गर्ने चिजा र मीराको असफल प्रयासपछि लामो समयसम्म नेपाली समलिंगी महिलाहरू खुलेर देखा परेनन्। करिब सात वर्षअघि मात्रै नीलहिरा समाजको सम्पर्कमा आएका हेटौँडाका मीरा बज्राचार्य र लक्ष्मी घलान खुला भए। वर्षौँदेखि यौन साथीका रूपमा बस्दै आए पनि नीलहिरा समाजको सम्पर्कमा नआएसम्म उनीहरूलाई ‘समलिंगी’ वा ‘लेस्बियन’ के हो थाहै थिएन। यसरी कतिपयले थाहा नपाएर अनभिज्ञ छन् भने कतिपय त थाहा पाएर पनि घरपरिवार र समाजको डरले लुकेर बस्न बाध्य छन्।
थुप्रैले आफ्नो त्यस्तो सम्बन्ध भएको रहस्य खुलेपछि परिवार, समाज र राज्य सबैतिरबाट अस्वीकृत पनि हुनु परेको दृष्टान्त छ। तर राज्य र समाजको यत्रो तिरस्कारबीच पनि अहिले धेरैलाई अचम्म पार्दै महिला समलिंगीहरू एकपछि अर्को जोडी सार्वजनिक हुने साहस गरिरहेका छन्। करिब एक सय जति लेस्बियन जोडीले औपचारिक/अनौपचारिक विवाह गरिसकेका छन्। तर विभिन्न प्रकारका कष्ट सहनुपरे पनि महिला अधिकारवादी तथा मानव अधिकारवादीहरूले खासै सहयोग नगरेका उनीहरूको गुनासो भने कायमै छ।
नेपालमा समलिंगी सम्बन्धलाई कानूनी मान्यता र सामाजिक स्वीकृति छैन। त्यसैले अधिकांश समलिंगी महिला लुकीछिपी बस्न बाध्य छन्। ‘सेक्स पार्टनरका रूपमा सँगै बस्दै आएका महिला/महिला वा पुरुष/पुरुष साथीलाई नेपालको कानुनले विवाह गर्ने स्वीकृति दिएको छैन,’ नीलहिरा समाजका सचिव रोशन महतोले भने। सुनिलबाबु पन्तको संयोजकत्वमा गठन भएको समितिले बुझाउने प्रतिवेदन पछिमात्रै प्रचलित कानुनमा सुधार आउन सक्ने सम्भावना छ।
पुरुषले पुरुष र महिलाले महिलालाई आफ्नो यौनसाथीका रूपमा चयन गर्न सक्छ भनेर सन् १९७३ डिसेम्बर १५ मै अमेरिकी मनोरोग चिकित्सा संघले घोषणा गरिसकेको छ। अमेरिकी मनोरोग चिकित्सा संघ तथा विश्व स्वास्थ्य संगठनले लामो तर्क एवं वादविवादपछि समलिंगी कामुकतालाई मानसिक विकृतिको सूचीबाट हटाएर स्वाभाविक यौन सम्बन्ध र प्राकृतिक मानिसकेको भए पनि कतिपय परम्परावादी र यथास्थितिवादी दर्शन, ज्ञान एवं संस्कारबाट प्रेरित व्यक्तिहरूले पुरातन मान्यतालाई छाड्न सकेका छैनन्।
उनीहरूले समलिंगी कामुकता, सम्बन्ध र प्रदर्शनलाई अप्राकृतिक, मानसिक विकृति तथा विचलनका रूपमा प्रचार गरिरहेका छन्। उनीहरूले समलिंगी कामुकतालाई विकृत विचलन मात्र होइन, अप्राकृतिक पनि मान्दछन्। सामान्यतया यौनिकता र यौन आकर्षणमा पुरुषका लागि महिला र महिलाका लागि पुरुष आकर्षणको केन्द्रबिन्दु हुन्छन्। समाजमा धार्मिक, सांस्कृतिक एवं जैविक आधारमा महिला र पुरुषबीच मात्र यौनिक र वैवाहिक सम्बन्ध हुनसक्छ भन्ने मान्यता स्थापित गरिएकाले समलिंगी मान्यताले स्थान पाउन नसकेको हो।

सेक्स गर्नु भन्दा पहिले महिलाहरुले ढाट्ने पाँच कुरा… - "जनिराखौ"

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
महिलाहरुको वास्तविक अवस्था उनीहरुले अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति पुरुषहरु चनाखो हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक परिस्थितिको आकलन गर्न सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, एक अध्ययन भन्छ । कतिपय अवस्थामा परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट गर्न महिलाहरुले ढाँटिरहेका हुन्छन् ।

उनीहरुले आफुप्रतिको पुरुषको दृष्टिकोण र केहि रहस्यका कुरा पत्ता लगाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका हुन्छन् । साना कुरामा ढाँटिएको स्थितिले विकराल परिणाम त नल्याउला तर कतिपय अवस्था यस्ता हुन्छन्, जसले परिवार, पुरुष महिलाबीचको सम्बन्धमा दरार उत्पन्न गर्न सक्छ । अध्ययनले सुझाव दिन्छ, यसैले यसमा सचेत र चनाखो हुनु जरुरी छ । ति पाँच कुरा के के हुन् त ?

१. हैन सबै ठिक छ धेरै युवती वा महिलाहरु आफ्नो अवस्थाको बारेमा पुरुषलाई धेरै जानकारी दिन चाहन्नन् । उनीहरु दुख पर्दा पनि हाँस्ने चेष्टा गरिरहेका हुन्छन् । पुरुषले चिँढ्याएको अवस्था होस् वा चित्त दुखाएको अवस्था होस्, अनुहारमा रिसको भाव झल्किए पनि के भयो ? भनेर सोध्दा हैन सबै ठिक छ भन्ने उनीहरुको वानी हुन्छ ।

२. तिम्रा साथीहरु कुल छन् यो सधैँ ढाँटको अवस्था नहुन सक्छ । कल्पना गर्नुस त, तपाई आफ्नो प्रेमिकासँगै केहि साथीहरुसँग घुम्न जानुभएको छ । साथीहरुसँग जाँदा आफ्नीलाई मात्रै ध्यान दिने कुरा पनि भएन । सबैसँग रमाइलो अनुभव साटासाट गर्नु परिहाल्छ । र उनलाई सोध्नुस्, तिमी रमाइलो त मानिरहेकि छौँ ? ती युवतिको उत्तर हुनेछ, ‘अवश्य तिम्रा साथीहरु कति कुल छन् ।’ तर उनको मनमा यस्तो हुँदैन । तपाईको साथीहरुको बारेमा नराम्रो भनेर वा म रमाइलो मानिरहेको छैन भनेर तपाईलाई हर्ट गर्न उनीहरु चाहदैनन् ।

३. मलाई यसमा मतलब छैन आफुसँग निकट रहेको युवक वा पुरुष अर्कै केटीसँग गफगाफ गरिरहेको हुन्छ वा लसपस गरिरहेको हुन्छ भने त्यो जस्तो जलन महिलालाई अरु हुँदैन । आफ्नो प्रेमि अर्कै केटीसँग बोल्दा वा आफ्नो श्रीमान अन्य महिलासँग जिस्किएको देख्दा ती युवति र महिलालाई सबैभन्दा बढी पिडा हुने गर्दछ ।

तर पनि त्यो पिडा लुकाउँदै उनीहरु तिमी जे जस्तो गर, यसमा मलाई मतलब छैन भन्दै परिस्थिति पन्छाउन खोज्छन् । अझ, आफ्नो प्रेमि होस वा लोग्ने, तिमीलाई त्यो केटीको वा महिलाको कुन कुरा मन पर्छ ? उनलाई त्यस्तो हट देखिने केले बनाएको हो ? तिमीलाई उनी मन पर्छिन ? भन्ने खालका सामान्य प्रश्न सोधेर पुरुषको धारणा खोतल्ने प्रयास गर्छन र भन्छन पनि यसमा मलाई कुनै दुख छैन तर तिमीलाई उसको कुन कुरा मन पर्छ भन्दै रहस्य खोतल्ने प्रयास गरेका हुन्छन् । तिमी जोसँग जिस्केको भएपनि मलाई यसमा मतलब छैन, मलाई विश्वास छ तिमी मलाई माया गर्छौ भन्दै आफ्नो विश्वासको पर्खाल झन् फराकिलो बनाउने चेष्टा गर्छन तर वास्तवमा उनीहरुलाई यसमा एकदमै पिडा भैरहेको हुन्छ ।

४.  तिमी जस्तो छौँ त्यहिलाई म माया गर्छु मन नपरि नपरि विवाह गरेको पुरुष रहेछ भने पनि महिलाहरु तिमी जे हौँ त्यहि भएर तिम्रो माया लाग्छ भनिदिन्छन् । एकाध जनालाई छोडेर घरमा नराम्रो सम्बन्ध भएपनि महिलाहरु बाहिर आफ्नो लोग्नेको बखान गर्छन, उनी जे हुन् त्यहि कुरा मलाई मन पर्छ भन्ने खालका अभिव्यक्ति महिलाबाट आउने गर्छ ।

५. भन न भन, म रिसाउदिन के ! यो ढाँट मात्रै नभएर महिलाको बाठोपन पनि हो । उनीहरु यो कुरा गरेर तपाईलाई खाडलमा मात्र पार्न खोजिरहेका हुँदैनन् अर्को खाडल पनि तयार पारिरहेका हुन्छन् । पुरुष फकाउने कला महिलासँग सयौं हुन्छन्, यो कलामार्फत उनीहरु तपाईको इमान्दारिता नाप्न पनि खोजिरहेका हुन्छन् । तर तपाई पुरुषहरु होसियार हुनुहोला! तपाईको रहस्योदघाटनले तपाईलाई नै खाडलमा पार्न सक्छ ।

यो अवस्था विशेषगरि उनीहरुले लगाउने कपडा, उनीहरुले पकाउने खाना, उनीहरुको हिँडाई तरिका, बोल्ने तरिका अनि तपाईको निम्ति उनीहरुले किनिदिएको केहि नयाँ कपडाबारे टिप्पणी हुनेछ । उनीहरुको व्यवहारबारे तपाईलाई उनीहरुको प्रश्न हुनेछ, भन न कस्ती देखिएकि छुँ, यो कस्तो छ, जे जस्तो भनेपनि म रिसाउँदिन के ! तपाईले वास्तविक कुरा गरेपनि नगरेपनि महिलाहरु यसलाई सहज पत्याउँदैनन र कुनै अवस्थामा उनीहरु तपाईसँग महिनौ राम्रोसँग नबोल्न सक्छन् । एउटी टाइट जिन्स पाइन्ट लगाएकि श्रीमतिलाई तपाईले कस्सिएको सिरानी जस्तै भनिदिनुभयो भने त झन् तपाईलाई बेलुका खाना पनि नपाक्न सक्छ । सधै होसियार हुनुहोला !

स्कुलमा अनौठो होमवर्क, जहाँ सेक्सको होमवर्क गर्नुपर्ने !

Written By Unknown on Saturday, May 3, 2014 | 10:02 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://meroknowledge.blogspot.com/
अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कुल छ । जहाँ विद्यार्थीहरुलाई ब्यबहारिक रुपमै सेक्स गर्न सिकाइन्छ ।

बिगत केही बर्षदेखी चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो । स्कुलका अनुसार यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सेक्स सिकाइने दावी गरिएको छ । समाचारका अनुसार उक्त विद्यालयमा गृहकार्य समेत सेक्स नै हुन्छ ।

यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो । युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन ।

एउटै होस्टेलमा, अझ भनौं एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो ।

अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।
 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget