पर्वतको रतिखोलामा नुहाउदै गर्दा देउरानी जेठानीको दुखद मृत्यु - News, Education, Information
Headlines News :
Home » » पर्वतको रतिखोलामा नुहाउदै गर्दा देउरानी जेठानीको दुखद मृत्यु

पर्वतको रतिखोलामा नुहाउदै गर्दा देउरानी जेठानीको दुखद मृत्यु

Written By Unknown on Friday, April 25, 2014 | 8:47 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
 बैशाख १३ - पर्वत, -  पर्वतको रतिखोलामा नुहाउने क्रममा एकै घरकी देउरानी जेठानीको मृत्यु भएको छ । उक्त खोलामा स्थानीय चित्रे ६ का एकै परिवारका दुईजना महिलाको मृत्यु भएको हो ।

बिहिबार घरबाट गाई बस्तु चराउनका लागि खोलाको बगर तिर गएको बेला उनीहरु नुहाउन रतिखोलाको भंगालेमा पसेका २० बर्षिय शर्मिला बिक र ३० बर्षिय समिता  बिकको मृत्यु भएको हो । मृत्यु भएका मध्ये शर्मिला कान्छी बुहारी हुन् भने समिता माइली बुहारी हुन् ।

डुबेर मृत्यु भएका दुबै जनाको शब पोष्टमार्टमका लागी पर्वत जिल्ला अस्पतालमा ल्याइएको डिमुवा प्रहरी चौकीले बताएको छ । समिताका श्रीमान् दिपेन्द्र विक बैदेशिक रोजगारीको शिलशिलामा बिदेशमा रहेका छन् भने शर्मिलाका श्रीमान विक्रम विक घरमै डकर्मी काम गर्दै आएका छन् ।

उनीहरुको साथमा पुगेका ९ बर्षिय बालकले घरपरिवारलाई खबर गरेपछि घटनाबारे जानकारी भएको थियो । प्रहरीका अनुसार उनीहरु पौडी खेल्नकै लागि भनेर नदी किनारमा पुगेको र चिप्लिएर गहिरो खोचमा पुगेपछि मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget