एयरपोर्टबाट सुटकेसमा चढेर घर पुग्नुहोस् - ट्याक्सी किन चाहियो ? - News, Education, Information
Headlines News :
Home » » एयरपोर्टबाट सुटकेसमा चढेर घर पुग्नुहोस् - ट्याक्सी किन चाहियो ?

एयरपोर्टबाट सुटकेसमा चढेर घर पुग्नुहोस् - ट्याक्सी किन चाहियो ?

Written By Unknown on Sunday, June 1, 2014 | 3:46 AM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
एयरपोर्टको साझा नियति हो गह्रौं सुटकेश गुडाउँदै ट्याक्सी खोज्नु । चाहे नेपालमा होस् वा अन्य बिकशित देशमा ट्याक्सी नै मनोमानी भाडा त लिइहाल्छन नै ।

तर, कल्पना गर्नुस् त, गुडाउँदै गरेको सुटकेशमाथि बसेर घर पुग्न पाए कस्तो हुन्छ होला ? ट्याक्सी भाडा पनि बचत, गुडाउने झण्झट पनि अन्त्य ।

हो, यस्तै कल्पना अब पुरा हुँदैछ । एक चिनियाँले यस्तो सुटकेशको आबिस्कार गरेका छन् जसमा बसेर तपाईं आरामले घर पुग्न सक्नुहुन्छ ।

ही लियाङकाईले बनाएको इलेक्ट्रोनिक सुटकेसको तौल १५ पाउण्ड छ । यसमा व्याट्री लगाइएको छ । यो फुल चार्ज भएको समयमा दुई जना बसेर ३७ माइलसम्म यात्रा गर्न सकिन्छ ।

गुडाउनका लागि अगाडिको भागमा ह्याण्डलको व्यवस्था गरिएको छ, जसमा ब्रेकसमेत छ । चीनको हुनान प्रान्तका ही लियाङकाई यही सुटकेटमा बसेर रेल स्टेशनको ७ माइल आसपास पुग्छन् ।

उनले इलेक्ट्रोनिक सुटकेस १० वर्ष लगाएर बनाएका हुन् । सन् १९९९ मा उनले कार सेफ्टी सिस्टम बनाएका थिए, जसका कारण अमेरिकामा अवार्ड समेत जिते ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget