रेखाथापाले छबि ओझालाई यसरी झपारिन - News, Education, Information
Headlines News :
Home » » रेखाथापाले छबि ओझालाई यसरी झपारिन

रेखाथापाले छबि ओझालाई यसरी झपारिन

Written By Unknown on Saturday, May 3, 2014 | 3:42 AM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
http://education-college-admission.blogspot.com/
नेपाली फिल्मका सफल नायिका रेखा थापा र  सफल निर्माता छविराज ओझाले आफ्नो १२ वर्षे दाम्पत्य जीवन केही वर्ष अघि टुंग्याए पनि यी दुई हस्तीबीचको वाकयुद्ध भने अझै पनि टुंगिएको रैन रहेछ । दुवैजनाले विभिन्न सञ्चारमाध्यममा समय समयमा दिने अन्तर्वार्ताले उनीहरुको तिक्त सम्बन्धलाई प्रष्ट पार्दै आएको छ। दुवैजना एकापसको व्यवहारले रुष्ट बन्दै गईरहेको बेला नायिका रेखाले शुक्रबार छविलाई ‘मानसिक सन्तुलन बिग्रिन लागेको मान्छे’ भन्दै एउटा ‘कडा’ किसिमको स्ट्याटस सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि दुईको सम्बन्ध थप हिँउझै चिसो बन्दै गईरहेको प्रष्ट भएको छ। आफ्नो व्यानर रेखा फिल्मस्बाट निर्मित फिल्म ‘हिम्मतवाली’को पोष्टप्रोडक्सनमा व्यस्त रेखाले शुक्रबार फेसबुकमा आफुलाई ‘कोब्रा (सर्प)’ को संज्ञा दिँदै आफुलाई घरी घरी नजिस्क्याउन पनि चेतावनी दिएकी छन्।

रेखाले छविलाई मानसिक सन्तुलन गुमेकै मानिस भएको भन्ने शुक्रबारमात्र बुझेको लेखेकी छन्।
हाहाहाहा । हास्न पनि कति हास्नु हो !!! यो छबि भन्ने मान्छेको मानसिक सन्तुलन अब चाहिँ गुमेकै रहेछ भन्ने मैले बुझे आज। मलाई त, घाँस काट्दै गरेकी एक यूवतीलाई आफूले हिरोइन बनाएर स्टारको बाटोमा लगिदिएको छविको बुझाई छ रे,’ रेखाले लेखेकी छन्,‘ म मिस नेपालमा भाग लिँदै गर्दा त्यो मानसिक सन्तुलन ठीक नभएको र उमेरले डाँडा काटेको मान्छेसँग भेट भएको दुनियाँलाई थाहा छ, र घास काट्ने मान्छे म त्यो बेला रहेछु भने पनि, आज मेरो मेहनत र कर्मले यो सफलता पाउनुमा गर्व गर्छु।’
रेखाले छविलाई ‘तँ’ भनेर सम्बोधन गर्दै छविजस्तो मान्छेसँग कसरी १० वर्ष बिताए भनेर दुःख लागेको बताएकी छन्। रेखाले छविका मृत पूर्व दुई पत्नीप्रति लक्षित गर्दै ‘झुन्डेर मरेको वा मारेको प्रेत आत्माको पनि सराप लाग्छ नै तँलाई’ भने रोश व्यक्त गरेकी छन्

नायिकाले आफुले छविको सम्पति सबै फिर्ता नै गरिदिएको जनाउँदै आफ्नो प्रगति र छविको दुर्गतिमा आफ्नो मानशिक सन्तुलन नबिगार्न सुझाव दिएकी छन्। उनले चेतावनी शैलीमा ‘कसरी आफ्नो तुलनामा आउन सक्छस, त्यो उपाय सोच्नु तेरो लागि राम्रो होला,’ भनेकी छन्। उनले सक्ने भए आफुसँग व्यापारिक प्रतिस्पर्धा गरेर देखाउन चुनौति दिँदै आइन्दादेखि आफ्नो नाम लिएर व्यापार नगर्न चेतावनी दिएकी छन्। रेखाले आफुलाई ‘कोब्रा साप’ सँगै तुलना गर्दै सुतिरहेको कोब्रा साँपलाई घरि घरि जिस्काई रहँदा कुनै दिन सक्न सक्ने’ जनाउँ दिएकी छन्।

हेर्नुहोस रेखा थापा को फेसबुक पोस्ट स्क्रिनशट

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget