ओठबाट मान्छेको स्वोभाव थाहा हुन्छ ? तपाई पनि थाहा पाउनुहोस्……. - News, Education, Information
Headlines News :
Home » » ओठबाट मान्छेको स्वोभाव थाहा हुन्छ ? तपाई पनि थाहा पाउनुहोस्…….

ओठबाट मान्छेको स्वोभाव थाहा हुन्छ ? तपाई पनि थाहा पाउनुहोस्…….

Written By Unknown on Saturday, May 3, 2014 | 9:57 PM

Education is the most powerful weapon which you can use to change the world. -Nelson Mandela

Education is the best friend. An educated person is respected everywhere. Education beats the beauty and the youth. Chanakya
यदि तपाइँ कुनै अपरिचित व्यक्तिको मनको कुरा पहिलो भेटमै थाहा पाउन चाहनु हुन्छ भने उसको ओठलाई नजिकबाट राम्ररी नियाल्नुहोस । ओठले दिलको मात्र हाल बताउदैन, त्यसले तपाइको स्वभावको बारेमा पनि बताउने गर्छ । मनौवैज्ञानिकहरुको दावी अनुसार कुनै पनि मान्छेको अनुहार र उसको ओठको बनावटले नै उक्त व्यक्तिको लक्षण, तथा बिशेषता स्पष्ट झल्काएको हुन्छ । यदि तपाइँ ज्योतिष, सामुद्रिक वा फेरी अंग लक्षण शास्त्रमा रुचि राख्नु हुन्छ भने तपाइको लागि यो लेख उपयोगी हुनेछ ।
http://meroknowledge.blogspot.com/

ज्योतिषको सामुद्रिक विद्याको अनुसार केहि यस्तो संकेत छ, जसको मुताविक व्यक्तिको स्वभाव र खास कुराहरु थाहा हुन्छ । कुनै पनि व्यक्तिलाई देखेको समय सबै भन्दा पहिले हाम्रो नजर उसके अनुहारमा पर्छ उसको अनुहारमा मुस्कुराहट देखेर हामी प्रसन्न हुन्छौं । यो मुस्कुराहटमा अहम् भूमिका निभाउने गर्छ ओठले, यही ओठलाई ध्यानमा राखेर कुनै पनि स्त्री वा पुरुषको स्वभावको बुझ्न सकिन्छ । कुनै पनि व्यक्तिको ओठ हेरेर उसको व्यवहार, आचार-विचार र कार्यक्षेत्र कस्तो हुन्छ भन्ने थाहा पाउन सकिन्छ । हामी सबै जनाको अलग(अलग प्रकारको ओठ हुने गर्छ । जसको माध्यमबाट व्यक्तिको व्यक्तित्त्वको बारेमा जान्न सकिन्छ ।

सासले तपाइँलाई अलग(अलग प्रकारको ओठको बनावटको अनुसार उक्त व्यक्तिको स्वभावको बारेमा केहि कुरा जानकारी दिने प्रयत्न गरेको छ स्

ठुलो ओ�
केहि मान्छेको ओठ सामान्य स्थितिभन्दा बढी ठुलो आकारको हुन्छ वा कसैको ओठको फैलावट ठुलो हुने गर्छ । उनीहरुको बारेमा भने अनुसार यस्ता मान्छे मिठो खानाको सौखिन हुन्छन् । यिनीहरुलाई फरक फरक व्यंजन बढी मन पर्छ । यस्ता मान्छे छीटो रिसाउछन् भने छिटो खुसि पनि हुन्छन् ।

संकुचित ओ�
संकुचित ओठ यानेकी जुन ओठ छोटो हुन्छ र पातलो हुन्छ उक्त ओठ संकुचित ओठको श्रेणीमा पर्छ । यस्तो ओठ हुने मान्छे बढी देखावटी हुन्छन् । बढी नक्कल गर्ने यिनीहरुको स्वभाव हुन्छ साथै यस्ता व्यक्तिहरु अन्य मान्छेको अगाडी आफ्नो प्रभाव बनाउने चेष्टा गरीरहन्छन् ।

गुलाबी ओ��
गुलाबी ओठ हुने व्यक्तिको व्यवहार कुशल, उदार र बुद्धिमान हुन्छ । यस्ता व्यक्ति यति धेरै कुशल हुन्छन कि आफ्नो व्यवहारको बलमा सबै काम मन लगाएर काम गर्छन् । यही कारण पनि यिनीहरुको मित्रको संख्या धेरै हुन्छन् ।

रशिलो ओ�
सामुद्रिक शास्त्रको अनुसार यस्तो ओठ रातो रंगको चिल्लो र मृदुल हुन्छन् । यस्तो ओठबाट कलात्मकको भाव परिलक्षित हुन्छ । यस्तो ओठ भएको मान्छे सुंदर, कला प्रिय र राम्रो स्वभावको हुने गर्छन् । यस्ता मान्छे समाज र घर(परिवारमा मान(सम्मान प्राप्त गर्छन् । कार्य क्षेत्रमा उच्च शिखर सम्म जना र जीवनमा कयौं उपलब्धिहरु हासिल गर्न सक्छन् ।


बढी फराकिलो ओ�
सामान्य स्थितिभन्दा बढी च्यातिएको ओठ भएकाहरुमा साहसको कमि हुन्छ । यस्ता मान्छे कुनै पनि कठिन परिस्थितिमा आफुलाई सम्हाल्न सक्दैनन् । यिनीहरुलाई साधारण भन्दा पनि साधारण कुरामा पनि डराईरहेको देख्न सकिन्छ ।

भित्र बढी दबिएको ओ�
जुन व्यक्तिको ओठ बाहिरबाट हेर्दा सामान्य नदेखिने र बढी भित्र दबिएको छ त्यस्ता मान्छेहरु बढी भुलक्कड़ हुन्छन् । यस्ता मान्छे रहस्यमय स्वभावका हुन्छन् । तर पनि यस्ता मान्छे राम्रो योजनाकार हुन सक्छन् तर पनि आफ्नो योजना बाहिर ल्याउन असक्षम रहन्छन् ।

मोटो ओ�
जसको ओठ सामान्य भन्दा मोटो छ उनीहरु बढी क्रोधी स्वभावका हुन्छन् । यस्ता मान्छे एकदम आवेशी हुन्छन् । यिनीहरुलाई मायाँ गर्न पनि छिटो आउँछ भने रिसाउँन पनि छिटो आउँछ । यिनिहरु भावनात्मक हुन्छन् साथै जिद्दी हुन्छन् । सानो कुरामा पनि यिनिहरु रिसाईहाल्छन् । स्त्रिहरुका लागि यस्तो ओठ धेरै ठिक हुन्न किनकि उनीहरुको नराम्रो स्वभावले आफ्नो घर(गृहस्थ जीवनमा बाधा उत्पन्न हुने गर्छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Admin | News-Sansani | FB Page
Copyright © 2014. News, Education, Information - All Rights Reserved
News Created by Ever Nepal News Network Published by हाउडे
Proudly powered by Blogger

फेसबुकमा जोक्स तथा मनोरंजनका लागि यो पेज like गर्नुहोला !!!धन्यबाद

×
bloggerWidget